image
image

बैदेशिक रोजगारीमा जानेको लागि आईपीओ : रेमिट्यान्स खाताको सीआरएन नम्बर लिन आग्रह

काठमाडौँ, ११, मंसिर । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ भर्न रेमिट्यान्स बचत खाता खोली सीआरएन नम्बर लिन आग्रह गरेको छ। 

सीडीएससीले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो। धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा संगठित संस्थाद्वारा निष्काशित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँट गर्नुपर्ने व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गरेको छ। 

सेबोनद्वारा जारी ‘धितोपत्र निष्कासन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका, २०७९’ गत कात्तिक १७ गतेबाट लागू भइसकेकोले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन दिन चाहने सम्पूर्ण नेपाली नागरिकले सेबोनबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आफ्नो विप्रेषण(रेमिट्यान्स) बचत खाता खोली सि–आस्बा रजिस्ट्रेसन नम्बर (सीआरएन) लिन सीडीएससीले सूचित गरेको छ। 

सीडीएससीले सी–आस्वा प्रणालीमा आफ्ना ग्राहकको विप्रेषण(रेमिट्यान्स) बचत खाता तथा सोको लागि प्रदान गरिने सीआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरिसकिएको पनि सीडीएससीले जानकारी गराएको छ। 

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याइएको शेयरको खरिद आवेदनका दिनका लागि विप्रेषण(रेमिट्यान्स) बचत खाता उल्लेख गरी दर्ता गरिएको सीआरएन नम्बर अनिवार्य रहेको छ। ‘त्यसैले यथाशीघ्र आफ्नो खाता रहेको बैंकमा सम्पर्क राखी सीआरएन नम्बर लिनुहुन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ, ‘यसरी सीआरएन नम्बर प्राप्त गरिसकेको योग्य आवेदकले आरक्षित सेयर निष्कासनका क्रममा मेरो सेयरमार्फत नै खरिद आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।