पाँचथरमा नेम्वाङलाई उछिन्दै आङदेम्बेको अग्रता
काठमाडौँ, ६, मंसिर । पाँचथरमा नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेले अग्रता लिएका छन् । भिष्मराजले नेकपा एमालेका आङदेम्वेलाई १ सय ३५ मतले पछाडि पार्दै अग्रता लिएका हुन् ।
आङदेम्बेले २ हजार २ सय २० मत पाउँदा नेम्वाङले २ हजार ८५ मत पाएका छन् । यो भन्दा अगाडि बसन्त नेम्वाङको अग्रता रहेको थियो । यो निर्वाचन क्षेत्रमा ७४ हजार ८ सय ९८ मत खसेको छ । जसमध्ये हालसम्म ५ हजार ५७ मत गणना भएको छ ।









