image
image

काठमाडौं १० मा कांग्रेसको प्रारम्भिक अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याउँदै

काठमाडौँ, ५, मंसिर । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता देखिएको छ । कांग्रेसका राजेन्द्रकुमार केसीले प्रारम्भिक अग्रता लिएका छन्। 

अहिले कीर्तिपुरको त्रिवि स्मृति भवनमा यो क्षेत्रको मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनाअनुसार केसीले १ हजार ८० मत ल्याएका छन्। 

केसीका निकटम प्रतिद्वन्द्वीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट देखिएका छन्। उनले ६९५ मत ल्याएर केसीलाई पछ्याइरहेका छन्।

यो क्षेत्रमा एमालेका हिमेश केसी उम्मेदवार छन्। उनी ६७२ मतका साथ तेस्रो स्थानमा छन्। माओवादी केन्द्रकी अञ्जना विशंखे ५९५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापा १६० मतका साथ क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।