image
image

वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

काठमाडौँ, ३०, कार्तिक । वैदेशिक रोजगार विभाग, बुद्धनगरका नायब सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

उनले वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता सुचारू गर्न सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेका थिए।उक्त रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियारबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाट पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनीबाट स्रोत नखुलेको ३२ हजार ५५ रुपैयाँ बरामद गरेको प्रवक्ता भण्डारीले बताए। 

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।