image
image

साउदी आईडीका लागि निवेदन दिने म्यानपावर कम्पनीको संख्या ३ सय ५० नाघ्यो

काठमाडौँ, २७, कार्तिक । नेपालबाट साउदी अरवमा कामदार पठाउनका लागि आवश्यक पर्ने  साउदी परिचयपत्र ९साउदी आईडी० नवीकरणका लागि निवेदन दिने म्यानपावर कम्पनीको संख्या ३ सय ५० नाघेको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालस्थित साउदी दूतावासले जारी गरेका कार्डहरु थप अपग्रेड गरी नवीकरण गर्ने सम्बन्धमा दूतावासले जारी गरेको परिपत्रअनुसार व्यवसायीहरुलाई तोकिएका कागजातसहित संघमा उपस्थित हुन आग्रह गरेको थियो । 
 
दूतावासबाट प्रमाणीकारणका लागि तोकिएका कागजातसहित शुक्रबारसम्म ३ सय ५० भन्दा केही बढी व्यवसायीको निवेदन आएको संघलपे जनाएको छ । संकलन भएका निवेदन र कागजात आज वैदेशिक रोजगार विभाग र भोली कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गराई साउदी आईडी नवीकरणका लागि साउदी दूतावासमा पेश गर्ने योजना संघले बनाएको छ । 

हाल वैदेशिक रोजगार विभागमा ८ सय ८० वैदेशिक रोजगार व्यवसायी दर्ता रहेकोमा हालसम्म साउदी दूतावासबाट ६ सय २५ वटा म्यानपावर कम्पनीले परिचयपत्र लिएका छन् । साउदी आईडी भएका धेरै म्यानपावर कम्पनी विगतमा एकआपसमा मर्ज भएका, केही कम्पनी खारेजीमा गएका, केही कम्पनीलाई दूतावासले नै कालो सूचीमा राखेको र केही कम्पनीको नवीकरण निवेदन आउन बाँकी रहेको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।