image
image

मलेसियाको एफजीभी कम्पनीले १६ हजार कामदार लैजाने

काठमाडौँ, २४, कार्तिक । मलेसियाको एफजीभी होल्डिङ कम्पनीले नेपालसहित भारत र इण्डोनेशियाबाट १६ हजार विदेशी कामदार लैजाने भएको छ । गत अक्टोबरदेखि शुरुवात गरी २०२३ को अन्तिमसम्ममा उक्त संख्यामा विदेशी कामदार लैजाने योजना बनाएको उक्त कम्पनीले बताएको छ । 

भर्ना गरिने सबै कामदार अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको गाइडलाइन्सअन्तर्गत छनोट कामदारको कुनै लागत बिना लैजाने बताएको छ । छनोट भएका कामदार आफ्नो मुलुक लैजान एफजीभी होल्डिङ कम्पनीले नै विमान चार्टर्ड गर्ने बताएको छ । 

उक्त कम्पनीले स्रोत मुलुकबाट कामदार लगेपछि कम्तीमा ३ महिना न्यूनतम तलव दिएर तालिम दिएपछि मात्रै काममा लगाउने बताएको छ । कोभिड १९ का कारण विदेशी कामदार लिने कम्पनीको योजना कार्यान्वयन नभएबाट विदेशी कामदारको अभाव चर्किएको भन्दै उक्त कम्पनीले विदेशी कामदार भर्नाको कामलाई तिव्रता दिने बताएको छ । १६ हजार विदेशी कामदार लैजाने योजना अन्तर्गत अक्टोबरमा भारत र इण्डोनेशियाबाट करिब ५ हजार कामदार लगेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।