image
image

भाषा अनुवादकको अभाव भन्दै रोकीयो श्रम स्वीकृति

काठमाडौँ, २३, कार्तिक । अरेबियन भाषा अनुवादकको अभाव भन्दै श्रम तथा रोजगार कार्यालय धनगढी, कैलालीले पुनः श्रम स्वीकृति रोकेको छ । उक्त कार्यालयका निमित्त प्रमुख जनकसिंह उखेडाले एक सूचना जारी गर्दै पुनः श्रम स्वीकृति रोकिएको जानकारी दिएका हुन् ।

उनले अरेबियन भाषा अनुवादकको व्यवस्था नभएसम्म श्रम स्वीकृतिको कार्य नहुने बताएका छन् । सरकारले रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी मुलुकमा हुने उडानलाई सहजता प्रदान गर्न उक्त कार्यालयलाई कोटा तोकेर पूर्व तथा अन्तिम श्रम स्वीकृतिको समेत अख्तियारी दिएको थियोे ।

 तर श्रम स्वीकृतिको कार्यमा सहयोगी भूमिकामा रहने भाषा अनुवादक नै नभएपछि उक्त कार्य समेत प्रभावित बन्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।