image
image

केरुङ्गे खोलाको समस्या समाधान गर्ने कोइरालाको प्रतिबद्धता

काठमाडौँ, २०, कार्तिक ।  नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।

नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार  कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिएका हुन् । खोलाको दुबै छेउमा पाँचरपाँच सय मिटरको ड्याम बाध्नुपर्नेमा ५० मिटर मात्रै छेकबार लगाइएको छ । स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले धनजनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताइन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।