image
image

यूएईद्धारा विश्वभरबाट दक्ष स्वास्थ्यकर्मी जनशक्ति आपूर्तिका लागि विशेष व्यवस्थाको शुरु

काठमाडौँ, २०, कार्तिक । पर्यटन व्यवसायका माध्यमबाट आफ्नो अर्थतन्त्रको उच्चतम विकास खोजिरहेकोे यूनाइटेड अरव इमिरेट्स ९यूएई० ले विश्वभरबाट दक्ष स्वास्थ्यकर्मी जनशक्ति आपूर्तिका लागि विशेष व्यवस्थाको शुरुवात गरिएको बताएको छ । 

चिकित्सक तथा नर्सजस्ता व्यावसायिक जनशक्तिको आपूर्तिमा सहजता ल्याउन अबुधाबी स्वास्थ्य विभागले नयाँ प्लेटफर्म शुरुवात गरेको बताएको छ । विभागले ‘कावाडेर’ नामको अनलाइन एप्लिकेसन ९एप्स० सार्वजनिक गर्दै उक्त एप्लिकेसनमार्फत इमिरेट्स भर मेडिकल क्षेत्रमा रहेका आवश्यकता अर्थात् ‘डिमाण्ड’ पत्ता लगाउन सकिने बताएको छ ।

यूएईमा अस्पताल र क्लिनिकहरू जस्ता चिकित्सा प्रतिष्ठानहरूमा माग हुने विदेशी जनशक्तिको डिमाण्ड उक्त एप्सबाट जानकारी लिई सोझै निःशुल्क आवेदन गर्न सकिने बताइएको छ । स्वास्थ्य सेवा क्षेत्रमा केन्द्रित ‘कावाडेर’ एप्लिकेसन विश्वभरका प्रतिभायुक्त जनशक्तिका लागि आकर्षण र नयाँ प्लेटफर्म भएको अबुधाबी स्वास्थ्य विभागको दाबी छ ।

वेबसाइटमार्फत इच्छुक आवेदकहरूले प्रयोगकर्ताको रुपमा दर्ता भई जनरल फिजिसियन, विशेषज्ञ चिकित्सक, नर्स र अन्य चिकित्सा जनशक्तिले रोजगारी खोजी गर्न सक्नेसमेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।