image
image

जिल्लाव्यापी भलिबल प्रतियोगिता : खानीखोला, पनौती, महाभारत र बेथानचोक टिम विजयी

काठमाडौँ, ३, कात्तिक ।काभ्रे जिल्लाको पनौती नगरपालिका २, धाराचौरमा जारी जिल्लाव्यापी पालिकास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणका चार खेल सम्पन्न भएका छन्।

हिजो भएका खेलमा खानीखोला गाउँपालिका, पनौती नगरपालिका, महाभारत गाउँपालिका र बेथानचोक गाउँपालिकाका टिम विजयी भएका छन्।

लिगको पहिलो प्रतिस्पर्धात्मक खेलमा खानीखेलाले मण्डन देउपुर नगरपालिकालाई २५-१४, १९-२५ र २५-२३ ले पराजित गरेको हो । 

यस्तै, दोस्रो खेलमा भने पनौती नगरपालिकाले बाजी मार्न सफल भएको छ । पनौतीले बनेपा नगरपालिकालाई २५-२३ र २५-२० ले पराजित गर्‍यो।

त्यसैगरी,  महाभारत गाउँपालिकाले पनौती नगरपालिका २ लाई २५-१४ र २९-२७ अंकले पराजित गर्‍यो भने चौथो खेलमा बेथानचोकले २५-१६ र २५-२२ को स्कोरले धुलिखेल नगरपालिकाको न्यु गौखुरेश्वर युवा क्लबलाई हराएको थियो।

बिहीबार आजको खेलका विजेता र उपविजेताबीच खेल हुनेछ।

पनौती नगरपालिकाको आयोजना, कुशादेवी युवा क्लब र लप्सेटार युवा समूहको समन्वयमा सञ्चालित प्रतियोगिता आगामी ५ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।