image
image

तिहारमा प्लाष्टिकका फुल र माला आयात र बिक्रिमा प्रतिवन्ध, अटेर गरे एक लाखसम्म जरिवाना

काठमाडौँ, ३, कात्तिक । सरकारले तिहारमा प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारण नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।

गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको बन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले उक्त सूचना पुनः जारी गरी प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण नगर्न आग्रह गरेको हो । अन्यथा, अटेर गरेर त्यस्ता फुल तथा मालाको आयात र बिक्रि गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने मन्त्रालयले सूचनामार्फत जानरकारी दिएको छ ।

तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।