image
image

सेबोनले माग्यो २३ कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौँ, २८, असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी माग गरेको छ । विभिन्न पदमा दरखास्त खुलाइएको छ । सेबोनले एक सुचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो । 

जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदका लागि २३ जना कर्मचारी माग गरिएको छ । सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ । 

इच्छुक उम्मेदवारले आउँदो कात्तिक ७ गतेसम्म सेबोनको ललितपुर खुमलटारस्थित दरखास्त बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरी कात्तिक २४ गतेसम्म दरखास्त दिन सकिनेछ । 

परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।