image
image

एकैदिन १ हजार ५१ जनामा डेंगु पुष्टि, थप ३ जनाको मृत्यु

काठमाडौँ, १०, असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५१ जनामा डेंगु संक्रमण देखिएको छ। यससँगै देशभर २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ३ जना डेंगु संक्रमितको मृत्यु भएको छ। डेंगुका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५ जनामा, मधेश प्रदेशमा ३८० जना, वाग्मती प्रदेशमा १९ हजार ९१० जनामा डेंगु सुंक्रमण देखिएको छ।

यस्तै, गण्डकी प्रदेशमा ५५६ जना, लुम्बिनीमा २ हजार ८८७ जना, कर्णालीमा २३१ जना र सुदूरपश्चिममा ८०४ जनामा डेंगु देखिएको छ।

यसैबिच, पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६२४ जनामा परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।