image
image

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौँ, ५, असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेकी हुन् । 

नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको मंगलबार १५ दिन पूरा भयो । संविधानमा यसरी दोस्रो पटक दुवै सदनबाट पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । तर, राष्ट्रपति भण्डारीले भने नागरिकता विधेयक प्रमाणीकरण नगरेकी हुन् । 

यसअघि पहिलोपटक प्रमाणीकरणका लागि पुगेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरी संसदमै फिर्ता पठाएकी थिइन् । तर, संसदले पुनः उक्त विधेयक जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएको थियो ।

प्रतिनिधिसभाको कार्यकाल सकिइसकेको अवस्थामा विधेयक स्वतः निष्क्रिय हुने तर्क गर्दै शीतल निवासले विधेयक प्रमाणीकरण नगरेको बताइएको छ । प्रतिनिधिसभाको कार्यकाल १ असोजमा सकिएकाले उक्त विधेयक स्वतः निष्क्रिय भएको शीतल निवासको तर्क छ । 

पहिलोपटक राष्ट्रपति भण्डारीले उक्त विधेयकलाई सन्देशसहित संसदमा फिर्ता गरेकी थिइन् । तर, आफ्नो सन्देशलाई बेवास्ता गरी जस्ताको तस्तै विधेयक पुनः प्रमाणीकरणका लागि शीतल निवास पुगेपछि राष्ट्रपति र सरकारबीच चिसो बढेको थियो । त्यसपछि राष्ट्रपतिले राजनीतिक दलका नेताहरू, संविधानविद्लगायतसँग यसबारेमा छलफल परामर्श गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।