image
image

आज कति पुग्यो तरकारीको बजार भाउ ?

काठमाडौँ, ४, असोज ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ । आलु लगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ । 

आइतबार प्रतिकेजी ६१ रुपैयाँ रहेको रातो आलुको भाउ आज बढेर प्रतिकेजी ६७ रुपैयाँ पुगेको छ । मुडेको आलु प्रतिकेजी ५६ रुपैयाँ रहेकोमा आज बढेर ६५ रुपैयाँ ६७ पैसा, २७३ रुपैयाँ ३३ पैसा रहेको कागती बढेर २७६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

त्यस्तै, यसअघिको तुलनामा खुर्सानीको भाउ भने घटेको छ । यसअघि प्रतिकेजी ६५ रुपैयाँ रहेको खुर्सानी आज घटेर ५५ रुपैयाँ कायम भएको हो । त्यस्तै, घिउ सिमी र घिरौलाको भाउ पनि घटेको छ । यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको लोकल सिमी घटेर ७५ रुपैयाँ, हाइब्रीड सिमी १० रुपैयाँ घटेर ८५ रुपैयाँ र ८५ रुपैयाँ रहेको घिरौला घटेर ७५ रुपैयाँ रहेको छ । 

 यसअघि प्रतिकेजी ११० रुपैयाँ रहेको टाटे सिमीको भाउ घटेर आज ९५ रुपैयाँ कायम भएको छ भने ७५ रुपैयाँ रहेको परवर घटेर ५५ रुपैयाँ, ११५ रुपैयाँ रहेको हरियो प्याज ११० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ रहेकोमा आज घटेर ३२ रुपैयाँ ६७ पैसा रहेको छ । 

यसअघि प्रतिकेजी ८५ रुपैयाँ रहेको भटमास कोशा आज घटेर ७५ रुपैयाँ, यसअघि ४२ रुपैयाँ ३३ पैसा रहेको डल्लो भन्टा आज बढेर ४५ रुपैयाँ, ४५ रुपैयाँ रहेको भिण्डी आज बढेर ५५ रुपैयाँ, २१० रुपैयाँ रहेको भुईकटहर २१० रुपैयाँ रहेकोमा आज बढेर २२० रुपैयाँ पुगेको छ । 

सुकेको लसुनको भाउ पनि आज घटेको छ । यसअघि प्रतिकेजी २०५ रुपैयाँ रहेको लसुन आज घटेर आज १९५ रुपैयाँ, ३७ रुपैयाँ ६७ पैसा रहेको हाइब्रीड मूला ३५ रुपैयाँ रहेको छ भने यसअघि प्रतिकेजी २२६ रुपैयाँ ६७ पैसा रहेको हरियो धनियाँ आज घटेर १३३ रुपैयाँ ३३ पैसा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।