image
image

भिजिट भिसामा यूएई पुगेका नेपाली युवाहरू समस्यामा

काठमाडौँ, २, असोज । भिजिट भिसामा यूएई गई उतै रोजगारी गरेर बस्ने सोचले गएका नेपाली युवा युवतीहरुले रोजगारी पाउन नसकेपछि धेरै जसो युवाहरु समस्यामा पर्ने क्रम बढेको छ । यूएईको सारजामा वैधानिक रूपमा काम गर्दै आएका पाँचथरका मेनम लिम्बूले भिजिट भिसामा गएर अलपत्र परेको एक नेपाली युवालाई आफुले मानवीय रूपमा एक हप्तासम्म कोठामा राखेपनि उनको स्वदेश फर्किने समस्या समाधान नभएपछि आफू नै समस्यामा परेको बताएका छन् ।

उनले भनेका छन्, ‘२र३ दिनदेखि केहि नखाएको भनेपछि  १० दिराम दिएँ, दलालले फँसाएको भन्दै रोएपछि कोठामा आश्रय दिए, तर उसलाई नेपाल फर्काउन नसकेपछि म नै तनावमा परेको छ ।’

अलपत्र अवस्थामा परेका ती युवा नेपालबाट यूएई गएको १० माहिना भएको र ओभर स्टेको जरिवाना धेरै भएको कारणले थप समस्यामा परेको भन्दै लिम्बूले भनेका छन्, ‘समस्यामा परेको नेपालीलाई सहयोग गरी स्वदेश फर्काउन कुनै सस्था भए छिटो भन्दा छिटो पहल गरिदिनुहोला ।’

कोरोना भाईरसको संक्रमण कम भएपछि रोजगारीका लागि भिजिट भिसा प्रयोग गरी यूएई पुगेका धेरै नेपाली युवाहरू ओभरस्टे भई धेरै जरीवानामा पर्ने र रोजगारी नहुँदा स्वदेश फर्किने र खाने खर्चको समेत अभावमा पर्ने गरेकोे बताइन्छ । चाडपर्व र पर्यटन सिजनका कारणले नेपाल आउने जहाज भाडा बढेको र टिकट नपाउने अवस्थाले भिजिट भिसामा गएकाहरूले सास्ती व्यहोर्नुपरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
100%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।