सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि छलफल हुँदै
काठमाडौँ २६ फागुन । अरनिको राजामार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल शुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ । पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेकोमा आहिले सरकार आफैँले बनाउने गरी छलफल अघि बढिरहेको सूर्यविनायक– धुलिखेल सडक योजनाले जनाएको छ ।
जाइकाले सो सडकको निर्माणमा चासो देखाइरहेको भएपनि जाइकासँग सम्झौता नभएका अवस्थामा सरकार आफैँले पनि निर्माण अघि बढाउन समस्या नभएको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि सो सडक विस्तारमा चासो देखाउँदै आएका छन् ।
भक्तपुर र काभ्रेपलाञ्चोक जोड्ने सो सडक अरनिको राजमार्गमा परे पनि बिपी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत सडकको समेत काठमाडौँ प्रवेश गर्ने प्रवेशमार्गका रुपमा रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्ला र प्रदेश नं १ र २ का नागरिक यही सडक भएर काठमाडौँ उपत्यका आउने गरेका छन् । सडकमा सवारी साधनको चाप बढिरहेकोले सडक विस्तर कार्य अगाडी बढाउन लागिएको बताइएको छ ।