image
image

वैदेशिक रोजगारको प्रक्रियाको क्रममा अधिकांश श्रमिक युवाहरू ठगिएको गुनासो

काठमाडौँ, २८, भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर समक्ष टेलिफोन गर्ने अधिकांश श्रमिक युवाहरूले वैदेशिक रोजगारको प्रक्रियाको क्रममा ठगिएको गुनासो गरेका छन् ।

आइतबार मन्त्रालयमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम अन्तर्गत ९ जनाको गुनासो सुनेका मन्त्री कुँवरसमक्ष अधिकांशले ठगीमा परेको गुनासो गरेका छन् । 

उनीहरूले भिजिट भिसामा युएई गएर ठगिएको, आकर्षक तलवमा रोमानिया पठाउने भनेर म्यानपावरले चर्को रकम लिएको, साउदी अरेबियामा भनेजस्तो काम नपाएर समस्यामा पर्दा म्यानपावर कम्पनीले समस्यामा ध्यान नदिएको, माग गरे जस्तो रकम नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासो राखेका थिए ।

मन्त्री कुँवरले ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्ने बताउँदै वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई समस्या समाधानका लागि अफ्ठ्यारो भइरहेको समेत बताएको मन्त्री कुँवरको निजी सचिवालयले जानकारी दिएको छ ।

मन्त्री कुँवरले श्रमिकका गुनासो प्रत्यक्ष सुन्न शुरूवात गरेको आइतबारसम्म तीन हप्ता भएको छ । मन्त्री कुँवरले श्रमिकसँग श्रममन्त्री कार्यक्रमम हरेक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।