image
image

कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

काठमाडौँ, २३, भदौ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार (९ सेप्टेम्बर) नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना (२१ जनावरी) पछिकै कम हो ।

तीब्र उतार चढावका बीच केही समय एक सय डलर माथि नै रहेको कच्चा तेलको मूल्य २९ अगष्टदेखि भने निरन्तर ओरालो लागेको थियो । यस बीचको १० दिनमा १०२ डलर प्रतिब्यारलबाट १४ डलर प्रतिब्यारलले घटेर ८८ डलरमा झरेको छ ।

कच्चा तेलको मूल्य आरोलो लाग्नुले नेपाल जस्तो मुलुकका लागि हित गर्छ । भारतले अन्तर्राष्ट्रिय बजारबाट किन्ने ब्रेन्टको मूल्य घट्दा नेपालले भारतबाट किन्ने प्रशोधित तेलको मूल्य घट्ने छ । पछिल्लो एक वर्षको बीचमा बढेको पेट्रोलियमको मूल्यका कारण नेपाल आयल निगमको घाटा चुलिएको छ ।

अघिल्लो महिना प्रमुख तेल उत्पादक मुलुकहरुको संस्था ओपेक प्लसले तेलको मूल्य प्रतिब्यारल दैनिक एक लाख ब्यारलले बढाउने निर्णय गरेको थियो । जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरोलो लागेको थियो ।

तर, केहीदिन अघि बसेको ओपेक प्लसको बैठकले अक्टोबर महिनादेखि तेलको बढाइएको उत्पादन कटौती गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।