image
image

१ महिना सवा अर्बको फलफुल आयात

काठमाडौँ, २३, भदौ ।  चालु आर्थिक वर्र्षको पहिलो महिनामा १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपियाँको बराबरको २ करोड ४६ लाख ८६ हजार ५७७ किलो फलफुल नेपाल आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा नेपालले ६९ करोड ८७ लाख ३८ हजार रुपियाँको स्याउ, ७ करोड ८६ लाख ३६ हजार रुपियाँको केरा, ५ करोड ६४ लाख ३ हजार रुपियाँको भुइँकटहर, १ करोड १५ लाख २८ हजार रुपियाँको एभोकाडो, १८ करोड ५ लाख ६९ हजार रुपियाँको आँप र अम्बा नेपालले आयात गरेको छ ।

सोही अवधिमा नेपालले विभिन्न देशबाट ८७ लाख ५५ हजार रुपियाँको सुन्तला, ५ करोड २० लाख ८१ हजार रुपियाँको खरबुजा, ३ करोड २७ लाख ७४ हजार रुपियाँको मेवा, १० करोड २ लाख १ हजार रुपियाँको अनार आयात गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपियाँको विभिन्न फलफुलहरू विदेशबाट आयात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।