image
image
साउदीमा अवैध बसोबास गर्दै आएका ७८ नेपालीले पाए ‘एक्जिट भिसा’

साउदीमा अवैध बसोबास गर्दै आएका ७८ नेपालीले पाए ‘एक्जिट भिसा’

काठमाडौँ, २२, भदौ ।  साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ७८ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् ।

यही अगष्ट २६ देखि १ सेप्टेम्बरसम्म अवधिमा रियाद र दमामबाट पक्रिया थालिएकामध्ये ७८ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

एक्जिट भिसा आएकाहरूलाई दूतावासमा पुगेर भिसा प्राप्त गर्न दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एक्जिट भिसा पाएकाहरु ६० दिनभित्र स्वदेश फर्किसक्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।