image
image

महाअभियोग सिफारिस समितिको बैठक भदौ २५ मा बस्ने

काठमाडौँ, १९, भदौ । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिको आजको बैठक सकिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो ।

आजको बैठक एक घण्टा बसेको थियो । महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिन पाँच प्रश्न सोधिएको थियो । निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए । जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।

‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ बयानमा जबराले भने । महाअभियोग सिफारिस समितिको समितिको अर्काे बैठक आगामी भदौ २५ मा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।