image
image

अमेरिकामा रोजगारी वृद्धिको गति सुस्त

काठमाडौँ, १९, भदौ ।  अमेरिकामा अगस्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ ।

अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।

गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ ।

गत जुलाईमा यो सङ्ख्या पाँच लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगस्टमा यो सङ्ख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।