image
image

मलेसियामा गैरकानूनीरूपमा बसेका २४६ नेपाली पक्राउ

काठमाडौँ, १६, भदौ । मलेसियामा गैरकानूनीरूपमा काम गर्दै बसेका २ सय ४६ जना नेपाली पक्राउ परेका छन् । मलेसिया अध्यागमन कार्यालयले गत जनवरीयता सञ्चालन गरेको ५ हजार ४ सय १६ अपरेशनमा अवैधानिकरूपमा लुकीछिपी बसेका १३ हजार ५ सय २४ जना मध्ये नेपालीको संख्या २ सय ४६ जना रहेको मलेसियाको अध्यागमनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

त्यस अवधिमा गैरकानूनीरुपमा बस्ने सबैभन्दा धेरै इन्डोनेशियाका ६ हजार ४८, म्यानमारका २ हजार ९३, बंगलादेशका १ हजार ७ सय ३२, थाइल्यान्डका ९ सय ६९, फिलिपिन्सका ७ सय १८, भारतका ५ सय ५५, पाकिस्तानका ३ सय ६६, कम्बोडियाका २ सय ५३ र भियतनामका २ सय ३५ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।