image
image

घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

काठमाडौँ, १६, भदौ । फावियो कार्भाल्होले खेलको इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई पनरागमन जित दिलाएका छन् । बुधबार राति घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिभरपुलले न्युकासल युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।

लिभरपुलको पूनरागमन जितमा रोबर्टाे फिर्मिनो र फावियो कार्भाल्होले एक–एक गोल गरे । उता न्यूक्यासलका एलेक्सान्डर इसाकले एक गोल गरे । खेलको ३८ औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले पछि परेको लिभरपुले दोस्रो हाफमा दुई गोल गरेको हो । ६१ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए 

यस जितसँगै लिभरपुलले ५ खेलमा ८ अंक जोडेको छ । लिभरपुल तालिकाको पाँचौं स्थानमा छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ । बुधबार राति नै भएको अर्काे खेलमा टोटेनहम वेस्ट ह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको छ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।