image
image

६७ औँ भारतीय फिल्म फेयर अवार्ड : रणवीर र कृति उत्कृष्ट घोषित

काठमाडौँ, १५, भदौ ।  ६७ औँ भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ । अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह र अभिनेत्री अभिनेत्री कृति सेनन भएका छन् । रणवीर फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेता  ठहरिँदा कृतिले ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरेकी हुन् । 

यो वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्राको फिल्म शेर शाहले जितेका छन् । त्यसैगरी उत्कृष्ट गीतकारको अवार्ड कौसर मुनिरलाई प्रदान गरियो । फिल्मफेयर अवार्ड महिलालाई दिइएको यो पहिलो पटक हो । शेर शाहलाई विष्णुवर्धन पुरीले निर्देशन गरेका हुन् ।

फिल्म शेर शाहको कथा परमवीर चक्र विजेता क्याप्टेन विक्रम बत्राको जीवनमा आधारित छ । विक्रमले पाकिस्तानसँगको कारगिल युद्धमा महत्वपूर्ण भूमिका खेलेका थिए । शेर शाहमा सिद्धार्थ मल्होत्राले क्याप्टेन विक्रमको भूमिका निर्वाह गरेका छन् । यस फिल्ममा कियारा आडवाणी विक्रमकी प्रेमिका डिम्पलको भूमिकामा देखिएकी थिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।