image
image

चुनावमा गाउँ–गाउँमा पुग्न अनेरास्ववियूलाई माधव नेपालको निर्देशन

काठमाडौँ, १२, भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अनेरास्ववियूका नेता कार्यकर्तालाई  आगामी निर्वाचनमा गाउँ–गाउँमा खटिन निर्देशन दिएका छन् ।
 
आइतबार अनेरास्ववियूको केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले अब चुनावको परिणाम नआएसम्म अन्यत्र ध्यान नदिन निर्देशन दिए । “तपाईंहरुको सामु मूल जिम्मेवारी आएको छ । मंसिर ४ गते हुन लागेको निर्वाचनमा पार्टीलाई जिताउनका लागि कलम चिह्नको प्रचार गरेर, गाउँगाउँमा जनतालाई आफ्नो पक्षमा तान्नका लागि सम्पूर्ण रुपमा देशभर जानुपर्छ । पालिका पालिका पुग्नुपर्छ । वडा वडामा खट्नुपर्छ,” नेपालले भने, “जिल्ला–जिल्लामा परिचालित हुनुपर्छ । आजदेखि लिएर परिणाम नआएसम्म मूल ध्यान चुनावमा केन्द्रित हुनुपर्छ । हामी तपाईंहरुबाट त्यही अपेक्षा गरिरहेका छौं ।”

उनले अरु विद्यार्थी संगठनभन्दा फरक काम गर्न पनि आग्रह गरे । पढाई र राजनीतिलाई सँगै लिएर जान सकिने उनको धारणा छ । देशको शिक्षा समाजको परिवर्तन, देशको विकासका लागि तालमेल भएको छ कि छैन भनेर हेर्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।