image
image

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन दशैं र तिहारको बीचमा गर्नु उपयुक्त

काठमाडौँ, १२, भदौ । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन दशैं र तिहारको बीचमा गर्नु उपयुक्त हुने बताएको छ । 

संगठनको शुक्रबार बसेको कार्यसमिति बैठकले संघको निर्वाचन अपरिहार्य भएको निष्कर्ष निकाल्दै निर्वाचन गर्ने वातावरण बनाउन संघ तथा राजनीतिक दल निकट संस्थाहरूसँग वार्ता गर्न उपाध्यक्ष बाबुराम खड्काको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेकोे छ ।

 समितिका सदस्यहरुमा सल्लाहकार कमल सापकोटा, सचिव अनिल बोगटी,  सहसचिव नवराज लुइटेल र कार्यसमिति सदस्य कामेस्वर शाह (राहुल) छन् । संयोजक खड्काले आइतबारदेखि नै प्रमुख घटक संस्थाहरूसँग सम्पर्क र छलफल शुरू गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।