काठमाडाैँका ३२ वटै वडामा अवैध संरचनाकाे अनुगमन हुँदै
काठमाडौँ, १०, भदौ । काठमाडौं महानगरपालिकाले काठमाडाैँका ३२ वटै वडामा निर्माण भएका अवैध संरचनालाई नियमन गर्ने भएकाे छ ।
महानगरले भूमिगत पार्किङमा अवैध रूपमा चलिरहेका पसलहरूको अनुगमन गरी नियमन गर्ने नीति अख्तियार गरेकाे हाे । महानगरले यसकाे अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरूलाई दिएको छ ।
अहिले काठमाडौँको सीमित क्षेत्रमा चलिरहेको अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरूलाई निर्देशन दिएका हुन् ।









