image
image

अन्तर्वार्तामा महिलाको उमेर सोध्दा ४ हजार २५० पाउन्ड जरिवाना तिर्नु पर्‍यो

काठमाडौँ, ६, भदौ ।   डोमिनोज कम्पनीले अन्तर्वार्ताका क्रममा एक महिलाको उमेर सोध्दा जरिवाना तिर्नुपरेको छ । यसका लागि कम्पनीले ती महिलालाई ४ हजार २५० पाउन्ड (करिब साढे ६ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नु परेको हो । 

बीबीसीका अनुसार उत्तरी आयरल्यान्डमा बस्ने जेनिस वाल्स नामकी एक महिलाले डोमिनोजमा पिज्जा डेलिभरी ड्राइभरको जागिरका लागि आवेदन दिएकी थिइन् ।

काउन्टी टायरोनको स्ट्रबेनमा डोमिनोज पिज्जा फ्रान्चाइजीसँगको अन्तर्वार्तामा जेनिसलाई उनको उमेर सोधिएको थियो । जेनिस वाल्सका अनुसार उनको उमेर र महिला भएकाले उनलाई यो कामका लागि छनोट गरिएन । 

जागिरका लागि छनोट नभएपछि जेनिसले आफूले भोग्नुपरेको भेदभावबारे स्टोरलाई फेसबुक म्यासेज पठाइन् । यसपछि अन्तर्वार्ताकारले उनलाई फोन गरेर माफी मागे । उनले जागिरको अन्तर्वार्तामा कसैको उमेर सोध्नु गलत हो भन्ने आफूलाई थाहा नभएको बताए ।

जेनिसले स्ट्राउबेन फ्रान्चाइजी र यसको अघिल्लो मालिक जस्टिन क्विर्कलाई भेदभावको आरोप लगाएकी थिइन् । त्यसपछि क्विर्कले जेनिसलाई ४ हजार २५० पाउन्ड क्षतिपूर्ति दिने प्रस्ताव गरे र घटनालाई लिएर माफी मागे ।

जागिर नपाएपछि जेनिसले अर्को डोमिनोको कर्मचारीबाट १८ देखि ३० वर्ष उमेर समूहका मानिसलाई यो कामका लागि उपयुक्त मानिन्छ भन्ने कुरा थाहा पाएकी थिइन् । 

यसका साथै उनले चालकको काम पुरुषले मात्र गरेको देखेको र यस्तो अवस्थामा महिला भएकाले आफूलाई काम नदिइएको उनले अनुभूति गरेकी थिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।