image
image

श्रममन्त्री कुँवरले सुने कामदारका गुनासो, प्रत्येक आइतबार चासो, गुनासो, समस्या र सुझाव सुन्ने

काठमाडौँ, ६, भदौ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन्। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजना अनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन्।

उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मलेसिया तथा अन्य देशमा जान म्यानपावरहरुले लाखौं रकम लिएको लगायतका गुनासो प्रत्यक्ष रुपमा सुनेका छन्। मन्त्री कुँवरले अब प्रत्येक आइतबार निश्चित समयको लागि प्रत्यक्ष रूपमा स्वदेश विदेशमा रहेका श्रमिकहरुसँग कुरा गरेर उनीहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने बताए।

मन्त्री कुँवरले श्रमिकको गुनासो सुन्दै विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानुन अनुसार कारबाही गर्ने बताए। उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयको लागि राम्रो भएपनि अन्त्यमा कानुनको कठघरामा ल्याउने अश्वासन दिए।

मन्त्री कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर काठमाडौंभन्दा बाहिर नगएको अवस्थामा निरन्तर रुपमा गुनासो सुन्ने बताए। उनले कुनै कामको थालनी अन्त्यको लागि नभई जनतालाई सहज र निरन्तरता सेवा दिनको लागि सुरुवात गरिने दाबी गरे।

मन्त्री कुँवरले कल सेन्टरमा मन्त्री आफैं बसेर श्रमिकको गुनासो सुन्नुको उद्देश्य श्रमिकका समस्याहरु राहतको लागि रहेको बताए। उनले मन्त्रालयले विदेशमा जाने श्रमिकको गुनासो सुन्न र आएका उजुरी समाधान गर्ने गरेको बताए।

उनले भने, ‘सरकारले धेरै काम गरेको छ थोरै मात्र बाँकी छन्। त्यो पनि मन्त्रालयले गर्छ। केही मन्त्रालयको दायराभन्दा बाहिरका मुद्दाहरु रहेकाले काम गर्न सकिएको छैन। ऐन र कानुनअनुसार परेका मुद्दाहरुको किनारा लगाइन्छ। नेपालबाट श्रम स्वीकृत गरेर विदेशमा गएर मुत्यु भएका श्रमिकलाई नेपाल ल्याउन कुनै समस्या छैन। तर, श्रम स्वीकृत नभई विदेशमा पुगेका र त्यहीँ मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलताहरु रहेका छन्।’

त्यस्तै, मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयको कल सेन्टरमा दैनिक स्वदेश तथा विदेशबाट २०० वटा उजुरी आउने गरेको बताए। उनले मन्त्रालयले उजुरी छनोट गरेर प्रहरी र विभिन्न विभागमा सम्बोधनको लागि पठाउने गरेको बताए।

उनले भने, ‘यो काम संस्थागत हिसाबले अगाडि बढेको छ। कल सेन्टरमा आएका उजुरीको आधारमा पछिल्लो चार महिनामा ३० करोड रुपैयाँ पीडितहरुको लागि असुल गरेका छौं। पहिला १६ घण्टा उजुरी दिन सकिने थियो भने अहिले २४ घण्टा दिन सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।