image
image

‘प्रेमगीत ३’ काे दाेस्राे नेपाली र हिन्दी टिजर सार्वजनिक

काठमाडौँ, ३, भदौ । नेपाल र भारतमा प्रदर्शन हुन लागेकाे नेपाली चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो टिजर नेपाली र हिन्दी संस्करणमा सार्वजनिक भएकाे छ । कृष्ण जन्माष्टमीको अवसर पारेर ओएसआर डिजिटलबाट शुक्रवार टिजर सार्वजनिक गरिएकाे हाे ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो ।

एक साताअघि फिल्मको पहिलो हिन्दी र नेपाली संस्करणको टिजर सार्वजनिक गरिएको थियो । पहिलो टिजरमा प्रेम र राजगद्दीमध्ये एक रोज्नु पर्ने बाध्यता देखाइएको थियो भने दोस्रो टिजरमा प्रेमलाई जनताको रक्षकको रुपमा प्रस्तुत गरिएको छ ।

टिजरकाे नेपाली संस्करणः

भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।

टिजरकाे हिन्दी संस्करणः

फिल्म असाेज ७ बाट प्रदर्शित हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।