image
image

 बढ्दो प्रतिस्पर्धाका कारण, स्मार्टफोन व्यवसाय बन्द गर्दी एलजी

स्मार्टफोनको बजारमा बढ्दो प्रतिस्पर्धाका कारण दक्षिण कोरियाली कम्पनी एलजी स्मार्टफोनको व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको छ । कम्पनीले मोबाइल व्यवसाय बन्द गर्ने तयारीस्वरुप ६० प्रतिशत कर्मचारीलाई विदाई समेत गरिसकेको छ ।

यद्यपि अर्को रिपोर्ट अनुसार मोबाइल व्यवसायका ती ६० प्रतिशत कर्मचारीलाई अर्को कम्पनीमा सारिएको दाबी समेत गरिएको छ । रिपोर्ट अनुसार एलजी मोबाइल कारोबार बन्द गर्नका लागि विभिन्न सम्भावनाको खोजीमा छ ।

कोरिया हेराल्डको रिपोर्टमा दाबी गरिएको छ कि एलजीका सीईओ काउन बोङ-सेओकले आफ्ना कर्मचारीहरुलाई एउटा ईमेल पठाएर स्मार्टफोन व्यवसाय बन्द गर्ने जानकारी गराएका छन् । गत वर्ष एलजीलाई ४.५ अर्ब डलर घाटा लागेको थियो ।
एलजीले अब केवल फ्ल्यागशिप स्मार्टफोनमा मात्र ध्यान दिने बताइएको छ । 




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।