image
image

विभागको महानिर्देशकमा आचार्य

काठमाडौँ, १, भदौ ।  वैदेशिक रोजगार विभागको जिम्मेवारी सहसचिव उमाकान्त आचार्यलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी आचार्यलाई दिएका हुन् ।

आचार्य यसअघि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशककै जिम्मेवारीमा थिए । उक्त पद रिक्त राखेर आचार्यलाई सरुवा गरिएको हो ।

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव शेषनारायण पौडेल अध्ययन बिदामा बसेपछि उक्त पद रिक्त भएको थियो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ६ महिनाअघि २०७८ माघ २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सरुवा गरेर विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।