image
image

आइएमडीबीमा पनि डुब्यो ‘लालसिंह चढ्ढा’

काठमाडौँ, २७, साउन ।  आमिर खानको फिल्म ‘लालसिंह चढ्ढा’ले फिल्म रेटिङ साइट आइएमडीबीमा कम स्कोर पाएको छ । यसको रेटिङलाई सजिलै तलमाथि गर्न सकिन्छ त्यसका बावजुद पनि फिल्मले पाएको रेटिङले धेरैलाई चकित पारेको छ । बिहीबार विश्वभर रिलिज भएको फिल्मले १० मा जम्मा ४.२ रेटिङ पाएको छ । फिल्मले समीक्षकबाट पनि समीक्षामा कम रेटिङ पाएको थियो ।

फिल्मले दोस्रो दिनसम्ममा ५२ हजार भोट पाएको छ जसमा १३ हजारले फिल्मलाई ५ स्टार दिएका छन् भने ३३ हजारले जम्मा १ स्टार । यो संख्यालाई लैंगिकताका आधारमा हेर्दा महिलाभन्दा पुरुष फिल्मप्रति असहिष्णु देखिएको समाचारमा जनाइएको छ । पुरुषले औसतमा फिल्मलाई ३.३ प्रतिशत भोट दिएका छन् भने महिलाले ४.२ । यसमा पनि ४२ वर्षमाथिका पुरुष फिल्मप्रति थप रुष्ट देखिएको विश्लेषणले देखाएको छ । 

हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक ‘लालसिंह चढ्ढा’ले रिलिजअघि ‘बाइकट’ अभियान खेपेको थियो । आमिर र करिना कपुरले फिल्मलाई एक मौका दिन आग्रह गरे पनि पहिलो दिन बक्स अफिसमा ‘बाइकट’ अभियानको प्रभाव देखिएको जनाइएको छ । फिल्मले पहिलो दिन जम्मा १२ करोड ग्रस गरेको छ जुन पछिल्ला दिनमा आमिर अभीनित फिल्ममध्ये सर्वाधिक कम हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।