image
image

अल ताक्वेत म्यानपावरमा विभागको छापा

काठमाडौँ, २७, साउन ।  आकर्षक तलब र सुविधामा कतार पुलिसमा रोजगारी दिलाउने भन्दै १५ लाख रूपैयाँ असुलेको आशंकामा वैदेशिक रोजगार विभागले अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि.मा अनुगमन भन्दै छापा मारेको छ । 

विभागमा  २७९/०५८/०५९  दर्ता रहेको उक्त म्यानपावर कम्पनीले नेपाली युवालाई  कतार पुलिसमा पठाउने भनी अन्तर्वार्ताको मितिसमेत तोकेको र उक्त म्यानपावर कम्पनीले १५ लाखसम्म उठाएको भन्ने समाचार सार्वजनिक भएकोले अनुगमन गरी कागजात बरामद गरिएको विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद भुसालले मध्यान्हलाई जानकारी दिए ।

निमित्त महानिर्देशक भुसालले म्यानपावर कम्पनीका सञ्चालकलाई अनुसन्धानका लागि विभागमा उपस्थित गराइएको र नेपालस्थित कतारको दूतावास तथा कतारस्थित नेपाली दूतावासमा त्यसबारेमा जानकारीका लागि बिहीबार नै पत्राचार गरिएकोे बताए ।

उक्त म्यानपावर कम्पनीले गत वर्ष भदौ १३ गते कतारको मिनिष्ट्री अफ ईन्टेरियर ह्युमन रिसोर्सेस डिपार्टमेन्टका लागि भन्दै ४ हजार २ सय कतारी रियाल करिब १ लाख ३७ हजार नेपाली रुपैयाँ तलब हुने भन्दै २ सय कतार पुलिसको डिमाण्ड प्रकाशित गरेकोे थियो ।

कतारस्थित नेपाली दूतावासबाट प्रमाणित भएको करिब १५ दिनपछि सो मागपत्र स्वयं दूतावासले रद्द गरेको थियो । कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिक काम गरिएको कोटामा अन्यत्रबाटै पदपूर्ति गरिएको जानकारी दिएको भन्दै कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको बताइएको थियो ।

कतारस्थित नेपाली दूतावासले २९ अगष्ट २०२१ मा २ सय नेपालीलाई कतार प्रहरीमा भर्ना गर्ने गरी अल तक्वेत म्यानपावरका नाममा गरेको मागपत्र प्रमाणीकरणलाई रद्द गरेको थियो ।निमित्त महानिर्देशक भुसालले सोही सूचनाको आधारमा अन्तर्वार्ता गरिएको हो वा के हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । अनुगमनका क्रममा राहदानी भने फेला नपरेको विभागको भनाइ छ ।

यसअघि कतार पुलिसका लागि कतार पठाउने बहानामा प्रति व्यक्ति ८ देखि १० लाखसम्म असुलेर ठगी धन्दा चलाउने गिरोह सक्रिय भएको सार्वजनिक भएको थियोे । कतार पुलिसमा भारतीय विमानस्थल प्रयोग गर्दै मानिसहरु पुगेको कतारस्थित नेपाली दूतावासले जानकारी गराएको करिब एक वर्षअघि विभागले बताएको थियोे ।

विदेशबाट नेपाली श्रमिकको मागपछि विभागबाट पूर्वस्वीकृति लिएर मात्र कामदार छनोट गर्ने कानूनी प्रावधान छ । कतार पुलिसमा रोजगारीमा जान निःशुल्क भिसा र टिकट दिने भने पनि १० लाखसम्म असुली गर्ने गरेको गुनासो आउने गरेकोे विभाग स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।