image
image

रामबाबुको ‘फूलबारी’मा दयाहाङ र विपीन

काठमाडौँ, २६, साउन । 'कबड्डी'का निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फिल्म 'फूलबारी'को निर्माण घोषणा भएको छ।बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। उक्त कार्यक्रममा निर्देशक गुरुङले सामाजिक कथामा फिल्म बनाउन लागेको जानकारी दिएका हुन्।

यो फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्नेछ। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, सिर्जना सुब्बा, अरुणा कार्की, मिरुना मगरलगायत कलाकारको अभिनय रहनेछ।

अभिनेता विपिन कार्कीले फिल्ममा जोडिन पाउँदा खुसी भएको बताए। 'मलाई विश्वास यो उल्लेखनीय फिल्म बन्नेछ। राम्रो काम गरौं भन्ने हाम्रो प्रयास हुनेछ,' उनले भने। 

त्यस्तै अभिनेता दयाहाङले इमान्दारिताका साथ काम गर्ने बताए।

'धेरै जनाको लागि यो कोरोनापछिको फिल्म भयो, मेरो लागि यो कोरोना र गर्भावस्था दुवै पछिको फिल्म हाे। त्यसैले यो फिल्म मेरो लागि महत्वपूर्ण छ,' अभिनेत्री प्रियंका कार्कीले भनिन्। 

अभिनेत्री सिर्जनाले फिल्ममा अनुबन्धित हुन पाउँदा खुसी व्यक्त गर्दै भनिन्, 'यो फूलबारीमा हामी पनि एउटा फूलको रुपमा प्रस्तुत हुन पायौं। रामबाबु दाइको राम्रो फूलबारीमा राम्रो काम गर्ने प्रयास गर्नेछौं।'

यशोदा फिल्म्स प्रोड्क्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन्। अमेरिकाका छाया‌ंकार जाेश हेरुमले छाया‌ंकन गर्ने फिल्म भदौ पहिलो सातादेखि फ्लाेरमा जाने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।