image
image

हामी पनि के कम ? पुरुषहरुलाई बोकेर महिलाहरुको शक्ति प्रदर्शन।

हामी पनि के कम ? पुरुषहरुलाई बोकेर महिलाहरुको शक्ति प्रदर्शन। 

आज मार्च ८ नारी दिवसका अवसरमा  तनहुँको देवघाटमा अनौठो दृश्य देखियो  गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको छ । नारी पुरुष भन्दा कम्जोर छैनन् भन्ने यथार्थलाई प्रमाणित गर्न एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गरिएको हो ।  देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना भएको थियो । उक्त दौड एक सय मिटरको थियो ।


उक्त देवघाट गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये  पनि आफ्नो - आफ्नो श्रीमान् बोकेर दौडिने प्रतियोगिता अत्यन्तै फरक अभ्यासको कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले नै  क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमानले आफ्नो आफ्नो श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।सोही कार्यक्रमलाई परिमार्जन गर्दै गाउँपालिकाले उक्त प्रकारको कार्यक्रम आयोजना गरेको हो ।

पुरुष सरह महिला प्रत्येक  समाजका हरेक पक्षमा सबल रहेको देखाउनुको लागि यस प्रकारको प्रतियोगिता आयोजना गरिएको आयोजक देवघाट  गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाको अभिव्यक्ति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।