image
image

मलेसियाले साउन ३० देखि भदौ १५ सम्म विदेशी कामदारको भर्ना प्रक्रिया स्थगित गर्ने

काठमाडौँ, २३, साउन । मलेसियाले आगामी अगष्ट १५ देखि ३१ तारिख अर्थात साउन ३० गतेदेखि भदौ १५ गतेसम्म नेपालीसहित विदेशी कामदारको भर्ना प्रक्रिया स्थगन गर्ने बताएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले मलेसियाको श्रम कानूनमा गरिएको संशोधन कार्यान्वयन गर्न उक्त अवधिका लागि विदेशी श्रमिकका लागि आवेदन नलिने बताएको छ ।

मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाका अनुसार अगष्ट १४ सम्ममा दिइएका आवेदनहरु अगष्ट महिनाको ३१ तारेखभित्रमा एप्रुभल प्रक्रिया सक्ने र सेप्टेम्बर पहिलो तारेखदेखि नयाँ कानून अनुसारको विदेशी कामदार प्रक्रिया शुरूवात गरिने छ ।

मलेसियाले सेप्टेम्बर पहिलो तारेखदेखि गत अप्रिलमा संशोधन गरिएको रोजगार कानून २०२२ लागू हुने र त्यसले विदेशी कामदार भर्ना गर्दा नयाँ प्रक्रिया अवलम्बन गर्ने समाचारमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।