image
image

केकी र आँचलको 'झिँगेदाउ'को ट्रेलर सार्वजनिक

काठमाडौँ, २२, साउन । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म 'झिँगेदाउ' को ट्रेलर सार्वजनिक भएको छ।

आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा विवाहपछि परिवारमा हुने झगडालाई प्रस्तुत गरिएको छ। 

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको मुख्य भूमिका रहेको छ। फिल्ममा केकी र आँचल देउरानी जेठानीको भूमिकामा देखिएका छन्। 

कपनगडी सिनेमा र फिल्म क्रियू नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा 'झिँगेदाउ'मा आधारित छ। प्रदीप भारद्वाजको पटकथा तथा संवाद लेखेको फिल्ममा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहको छ। 

सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मका सह-निर्माताको रुपमा सुशिल दाहाल र ईश्वर घिमिरे रहेका छन्। विष्णु घिमिरेले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

यो फिल्म भदौ १७ गतेबाट प्रदर्शन हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।