image
image

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौँ, १५, साउन ।  नेकपा माओवादी केन्द्रको दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ।माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो ।

अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि दुई पटक बसिसकेको स्थायी समिति बैठकबाट पोलिटब्युरो र स्थायी समितिलाई पूर्णता दिने, केन्द्रीय विभाग गठन गर्नेलगायतका एजेन्डामा छलफल भए पनि कुनै निर्णय भएको थिएन ।

आजको बैठकबाट ती सबै एजेन्डामा निर्णय हुने नेताहरूले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।