image
image
फिफाको अनुमतिबिना टिकट बेच्ने वा साट्नेलाई कतारी रियाल २ लाख ५० हजार जरिवाना

फिफाको अनुमतिबिना टिकट बेच्ने वा साट्नेलाई कतारी रियाल २ लाख ५० हजार जरिवाना

काठमाडौँ, १२, साउन । नोबेम्बरदेखि आयोजना हुने विश्वकपमा फिफाको अनुमतिबिना टिकट बेच्ने वा साट्नेलाई कतारी रियाल २ लाख ५० हजार जरिवाना हुने भएको छ ।


विश्वकप आयोजना गर्ने उपायसम्बन्धी २०२१ को कानुन नम्बर (१०) अनुसार फिफा र कानुन मन्त्रालयको अनुमतिबिना टिकट जारी गर्ने, बेच्ने, पुनः बिक्री गर्ने वा साटासाट गर्ने जो कोहीलाई २ लाख ५० हजार रियालसम्म जरिवाना हुने प्रावधान रहेको छ । 

कुनै पनि पुरस्कार, चिट्ठा, होटेल तथा उडान प्याकेज वा अन्य कुनै व्यावसायिक प्रयोजनमा फिफाको अनुमतिबिना विश्वकपको टिकट प्रयोग गर्न पाइने छैन । 

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।