वैशाख दोस्रो सातादेखि काठमाडौँवासीको घरघरमा मेलम्चीको पानी
काठमाडौँ। लामो प्रतिक्षापछि काठमाडौँवासीले मेलम्ची खानेपानी आयोजनाको पानी पिउन पाउने भएका छन । आगामी वैशाख दोस्रो सातादेखि मेलम्चीको पानी हरेकको घर घरमा पुग्ने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ।
त्यस्तै आंशिक परिक्षण गरेर चैतको दोस्रो सातादेखि नै खानेपानी वितरण गर्न सकिने बोर्डले जनाएको छ। यसको पूर्ण रुपमा वितरण गर्न भने अझै डेड महिनाजति लाग्ने छ। जसले गर्दा खानेपानी वितरण वैशाख दोस्रो सातादेखि हुन सक्ने अनुमान गरिएको छ।
सुरुङ निर्माण थालिएको झन्डै १२ वर्षपछि शनिबार मेलम्चीको पानी सुन्दरीजलमा खसालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर सुन्दरीजलमा पानी खसालेका थिए।
मेलम्चीको पानी आउन थालेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण क्षेत्रभित्र दिनहुँ साढे दुईदेखि तीन घण्टासम्म पानी दिइने मेलम्ची खानेपानी बोर्डका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए।