image
image

वैदेशिक रोजगारीमा जानेको संख्यामा नयाँ रेकर्ड

काठमाडौँ, ३, साउन ।  गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या पछिल्लो छ वर्षकै उच्च संख्या रहेको वर्ष भएको छ । यस आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुगेका छन् ।

वैदेशिक रोजगार विभागले पछिल्ला आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै रोजगारीको नयाँ रेकर्डको विवरण दिएको हो ।
विभागले सार्वजनिक गरेको प्रतिवेदनमा यो अंक गत वर्षको तुलनामा ४ लाख ६१ हजार ८ सय ५ ले बढी हो । आर्थिक वर्ष ०७३–०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ वैदेशिक रोजगारीमा गएका थिए भने २०७४–७५ मा ६ लाख १२ हजार ६ सय ८५ले नेपाली श्रम स्वीकृति लिएका थिए ।

आर्थिक वर्ष २०७५–७६ मा ५ लाख ८ हजार ८ सय २८ वैदेशिक रोजगारीमा गएका थिए भने २०७६–७७ मा ३ लाख ६८ हजार ४ सय ३३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । कोभिडका कारण थला पर्दै गएको वैदेशिक रोजगारीको क्षेत्रमा आर्थिक वर्ष २०७७–७८ मा भने १ लाख ६६ हजार ६ सय ९८ मात्र नेपाली वैदेशिक रोजगारीका लागि विदेश पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

यसरी श्रम स्वीकृत लिएर जाने देशमा सबैभन्दा बढी साउदी अरेबिया रहेको छ । यस देशमा यस आर्थिक वर्षमा १ लाख ८८ हजार ३ सय ९८ नेपाली वैदेशिक रोजगारीका लागि पुगेका छन् । त्यस्तै यसै आर्थिक वर्षमा वैदेशिक रोजगारीमा नेपाली जाने दोस्रो मुलुक कतार बनेको छ । यस देशमा १ लाख ८४ हजार ५ सय ३ नेपाली रोजगारीका लागि गएका छन् भने नेपाली भित्र्याउने तेस्रो देश युएई बनेको छ ।

यस देशमा १ लाख २२ हजार ३ सय ६६ नेपाली रोजगारीको लागि पुगेका छन् । तर, महिला नेपाली कामदार भित्र्याउने पहिलो देश भने युएई बनेको छ । यस देशमा २१ हजार १ सय १० महिला श्रमका लागि पुगेका छन् । नेपाली महिला कामदार भित्र्याउने दोस्रो देश कतारमा ७ हजार १ सय ११ महिला श्रममा सरिक छन् भने अन्य विभिन्न देशमा गरेर यस आर्थिक वर्षमा ४८ हजार ९ सय ७५ महिला कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा ठगीसम्बन्धी १ हजार ७ सय ७२ उजुरी परेका छन् भने ६५ करोड ७१ लाख ५८ हजार ७ सय ६० रकम ठगी गरेको उल्लेख गरिएको थियो । यसमध्ये ८७ वटा उजुरी मात्रै अदालत पठाइएको थियो भने अन्य वैदेशिक रोजगार विभागमै मिलापत्र गरी मिलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।