image
image

वैदेशिक रोजगार विभागले शुरु गर्‍यो म्यानपावर कम्पनीविरूद्ध ठगी मुद्दा दायर गर्न

काठमाडौँ, १, साउन । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीविरूद्ध पनि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गर्न शुरूवात गरेको छ । 

यसअघि विभागबाट इजाजतपत्र लिएका म्यानपावर कम्पनीविरूद्ध परेका कामदारका उजुरीमा विभाग आफैंले छलफल चलाई मिलापत्र गराउने र मिलापत्र नभए इजाजतपत्रका लागि राखेको बैंक ग्यारेन्टीबाट कट्टा गरी कामदारलाई भुक्तानी दिन बैंकलाई पत्र पठाउने गरेको थियो ।

 विभागले त्यसलाई परिवर्तन गरी विभागबाट श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा पठाई ठगी गरेको विषयमा वैदेशिक रोजगार ऐनको दफा ४४ अनुसार वैदेशिक रोजगार न्यायाधिकरणमा बिगो र पचास प्रतिशत हर्जना र कैद माग गर्दै ठगीको मुद्दा दायर गर्न शुरू गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।