image
image

हिमालय एयरलाइन्सको कुवेत सिधा उडान, वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपाली कामदारलाई सहज

काठमाडौँ, १, साउन ।  हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान शुरु गरेको छ । यस उडानले वैदेशिक रोजगारी तथा बजार प्रवर्द्धनका लागि कुवेत जाने नेपाली व्यवसायी तथा कामदारलाई सहज हुनेछ । 

हिमालय एयरलाइन्सले शुक्रबार आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ । एयरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने छ । 

उक्त विमान कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट बिहान ०९ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।