image
image

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौँ, ३१, असार ।  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिनमा ४ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । बिहीबार राष्ट्रिय प्रत्यारोपण केन्द्रले एकैदिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको हो । अर्घाखाँचीकी २६ वर्षीया छोरीले ४८ वर्षीया आमाबाट, दोलखाका २७ छोराले ३८ बर्षीया आमाबाट, तनहुँका ३६ वर्षीया श्रीमानले ३५ वर्षीया श्रीमतीबाट र काभ्रेका ३५ वर्षीया छोराले ५२ वर्षीया बुवावाट मिर्गौला पाएका हुन् ।

प्रत्यारोपित तथा अंगदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ । केन्द्रले यसै आर्थिक वर्षसम्ममा निःशुल्क ९०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । जसमा सफलताको दर ९९ प्रतिशत रहेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । केन्द्रमा ६०० जना बिरामी मिर्गौला प्रत्यारोपणको प्रतिक्षामा छन् ।

केन्द्रले अहिले बार्षिक करिब २०० जनाको दरले मिर्गौला प्रत्यारोपण गरिरहेको छ । ‘हप्ताको ६ देखि ८ जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । थप संख्यामा प्रत्यारोपण गर्नका लागि तत्काल भौतिक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ,’ डा. श्रेष्ठले भने । पछिल्ला ९ महिनाको अवधीमा १३७ जनाको मिर्गौला प्रत्यारोपण भएको केन्द्रले जनाएको छ ।

सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण विस्तार गर्ने योजनाअनुसार ९ असारबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सेवा सुरु गरी सकिएकोे छ तथा निकट भविष्यमा कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी भैरहेको केन्द्रले जनाएको छ । हालसम्म यस केन्द्रमा मस्तिष्क मृत्युबाट हुने अंङ्गदानबाट ८ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।