image
image

प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न बर्गको आर्थिक अवस्था सुधार : मन्त्री कुँवर

काठमाडौँ, २८, असार ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले बिपन्न बर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताउनु भएको छ । कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी बिपन्न बर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताउनु भएको हो ।
No description available.
स्थानीय स्तरमा आवश्यकताको पहिचान गरि सोहि अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित बर्ग त्यसबाट प्रत्यक्ष लाभावन्वित हुने मन्त्री कुँवरको भनाई छ । देश विकासमा युवा जनशक्तीको अनिर्वाय सहभागितामा जोड दिदैं उहाँले दक्ष युवा जनशक्ती उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरुको गम्भिर ध्यान जानुपर्ने बताउनु भयो ।
No description available.
कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक डण्डराज घिमिरेले कैलाली र कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन पछि भएका उपलब्धी र प्रभावकारी कार्यान्वयनका लागि भइरहेका समस्याका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कैलालीका १३ र कंचनपुरका ९ पालिकाका प्रतिनिधि २ जिल्ला समन्वय समितिका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायत रोजगार संयोजकहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।