image
image

साम्राज्ञीको ‘लण्डन टू पेरिस’ को छायांकन सुरु

काठमाडौँ, २८, असार । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने ‘लण्डन टू पेरिस’ को छायांकन सुरु भएको छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्मको छायांकन बेलायतको लण्डनबाट सुरु गरिएको हो ।

फिल्मको लागि मुहूर्त सट अभिनेत्री साम्राज्ञीको अलवा निश्चल खड्का, गरिमा शर्मा र कविर खड्काले दिएका थिए । निश्चल र गरिमा यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन बेलायत र फ्रान्समा हुनेछ । ​ एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

फिल्मका निर्माता अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।