image
image

कोरियन भाषा परीक्षा साउन २ गते हुदैँ, समय कति बजे र कहाँ ?

काठमाडौँ, २८, असार ।  कोरियन भाषा परीक्षा साउन २ गते (सोमबार) हुने भएको छ। 

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत गणतन्त्र कोरिया जाने नेपाली कामदारको उत्पादनमूलक क्षेत्रको कोरियन भाषा EPS-TOPIK (UBT-2022)  परीक्षा साउन २ गते हुने भएको हो। जसअनुसार तीन सिफ्टमा परीक्षार्थीहरुको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण र भाषा परीक्षा हुनेछ। 

पहिलो सिफ्टमा परीक्षार्थीको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण बिहान ८ बजे, दोस्रो सिफ्टमा बिहान ९ः३० बजे र तेस्रो सिफ्टमा मध्याह्न १२ बजे हुनेछ। 

त्यसैले भाषा परीक्षा पनि पहिलो सिफ्टमा बिहान १० बजेट, दोस्रो सिफ्टमा बिहान ११ः३० बजे र तेस्रो सिफ्टमा दिउँसो २ बजे हुनेछ। 

भाषा परीक्षा केन्द्र ललितपुर जिल्लाको भैंसेपाटीस्थित सीबीटी भवनमा हुनेछ। बायोमेट्रिक रजिस्टर ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा हुनेछ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।